बढ्यो चिराइतोको मूल्य | Khabarhub Khabarhub

बढ्यो चिराइतोको मूल्य


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ । सोअघि ताप्लेजुङमा प्रतिमन रु आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल रु १५ हजारका दरले कारोबार भइरहेको छ ।

उता झापाको बिर्तामोडमा भने प्रतिमन रु २० हजारका दरले कारोबार भइरहेको व्यवसायीले बताएका छन् । यसअघि झापामा प्रतिमन रु १३ हजारमा कारोबार भइरहेको थियो । पछिल्लो एक सातायता क्रमशः मूल्य वृद्धि हुँदै हाल झापामा प्रतिमन रु २० हजार पुगेको हो ।

“एक साता अघिसम्म यहाँ प्रतिमन रु आठ हजारमा किनबेच भइरहेको थियो, अहिले रु १५ हजार पुगेको छ, झापामा रु २० हजार छ”, व्यवसायी सबिन बानियाँले भने । पछिल्लो सिजनमा उत्पादन न्यून रहेको र हाल भारतलगायतका ठाउँबाट यसको माग बढेकाले मूल्य पनि बढेको हुन सक्ने बानियाँले बताए ।

पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो धेरैजसो भारततर्फ निकासी भइरहेको छ । एक वर्ष अघिसम्म जिल्लाको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बततर्फ पनि निकासी हुने गरेको थियो तर कोभिड–१९ का कारण एक वर्षदेखि टिपताला नाका बन्द हुँदा त्यसतर्फ चिराइतोलगायतका सामानको निकासी पनि ठप्प बनेको छ ।

हिमाली तथा पहाडी जिल्लामा अलैँची पछिको दोस्रो नगदेबालीका रूपमा लिइने चिराइतोको मूल्य न्यून हुँदा यसमा संलग्न किसान चिन्तित बनेका थिए तर मूल्यमा सुधार आएसँगै मूल्य पर्खिएर बसेका किसानमा भने उत्साह छाएको छ । जिल्लाका प्राय किसानले यसअघि नै बिक्री गरे पनि केहीले भने मूल्य बढ्ने आशाले गोदाममै थन्क्याएर राखेका छन् । मूल्य बढेसँगै उनीहरुले पनि बिक्री गर्ने तयारी थालेका छन् ।

चार वर्षअघि चिराइतोको मूल्य प्रतिमन रु ३० हजारसम्ममा समेत कारोबार भएको थियो तर क्रमशः मूल्य घट्दै गएर रु आठ हजारमा झरेको थियो । लामो समयसम्म न्यून मूल्य कायम रहँदा चिराइतो खेती गर्ने किसानलाई समस्या थियो । कम मूल्य हुँदा चिराइतो खेती गर्ने क्रमसमेत घट्दै गएकाले पछिल्लो समय यसको उत्पादनमा पनि कमी देखिन थालेको व्यवसायीले बताएका छन् । यसरी मूल्य घटेकै समयमा उत्पादन पनि घटेको र माग बढ्दै जाँदा फेरि मूल्य पनि बढेको व्यवसायीको अनुमान छ ।

ताप्लेजुङका साविकका गाविसहरु सुरुम्खिम, खेवाङ, मामांखे, याम्फुदिन र फक्ताङलुङका केही स्थानलगायतका किसानले चिराइतो खेती गर्दै आएका छन् । पाखाबारी र अन्य खेती गर्न नसकिने जङ्गल फाँडेर किसानले चिराइतो खेती गर्दै आएका हुन् । प्रमुख नगदे बालीका रूपमा अलैँची र त्यसपछि चिराइतो खेती गर्ने क्रम बढे पनि भने जस्तो मूल्य नपाउँदा किसानमा उत्साह छैन ।

अलैँचीको समेत मूल्यमा एकरूपता नहुँदा समस्या हुने गरेको किसानको गुनासो छ । कहिले भाउ बढ्ने कहिले ह्वात्तै घट्ने भएकाले ठुलो लगानीका साथ खेती गर्ने वातावरण बन्न नसकेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ८ : ०३ बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका