मिथुनको जन्मदिनमा प्रहरीको सोधपुछ | Khabarhub Khabarhub

मिथुनको जन्मदिनमा प्रहरीको सोधपुछ


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– हालै सम्पन्न बंगाल विधानसभा चुनावको समयमा भड्काउने किसिमको भाषण दिएको आरोपमा कोलकाता प्रहरीले बुधबार दिग्गज बलिउड अभिनेता तथा भाजपा नेता मिथुन चक्रवर्तीलाई सोधपुछ गरेको छ ।

उनलाई उत्तर कोलकाताको मानिक तल्ला थानाका अधिकारीहरुले बिहान १० बजेर २० मिनेटदेखि करिब ४५ मिनेटसम्म भर्चुअल माध्यमबाट सोधपुछ गरेको हो ।

पुणेमा रहेका मिथुनले बुधबार आफ्नो ७१ औं जन्मदिन मनाउदै थिए । उनीमाथि भड्काउ भाषणको आरोपमा महानगरको मानिक तल्ला थानामा उजुरी परेको थियो ।

उनीमाथि भाषणमा आफ्नो फिल्मको चर्चित संवाद बोलेर चुनावपछि हिंसा भड्काएको आरोप लागेको थियो । गत मार्च ७ मा भाजपामा प्रवेश गरेपछि आयोजित र्यालीमा चक्रवर्तीले ‘तुम्हे मारुंगा तो लाश शमशान में गिरेगी’ र ‘साँप के एक दंश से तुम तस्वीर मैं कैद हो जाओगे’ जस्ता संवाद बोलेका थिए । जसकारण मे २ को चुनावी नतिजापछि राज्यको केही हिस्सामा हिंसा भड्किएको थियो ।

कोलकाता पुलिसले दर्ता गरेको उजुरी खारेजीको माग गर्दै चक्रवर्तीले कलकत्ता हाई कोर्टमा अपिल गरेका थिए । यद्यपि कोर्टले मिथुनलाई भिडियो कन्फरेन्समार्फत अनुसन्धान अधिकारी समक्ष सोधपुछमा सहभागी हुन निर्देश गरेको थियो ।

सोधपुछमा मिथुनले फिल्मको संवाद केवल रमाइलोका लागि मात्र बोलेको र आफू निर्दोष रहेको बताएका थिए ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : ३५ बजे

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ