वर्षासँगैको बाढीले मनाङमा ठूलो क्षति | Khabarhub Khabarhub

वर्षासँगैको बाढीले मनाङमा ठूलो क्षति


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– तीन दिनदेखि निरन्तर पानी परेपछि आएको बाढीले मनाङमा निकै ठूलो क्षति पुर्‍याएको छ।

बाढीले घर, सरकारी कार्यालय, काठेपुल र सडक बगाएको छ। केही गाउँका घर डुबानमा परेका छन् भने लघुविद्युत गृह भत्केको छ।

निकै कम वर्षा हुने हिमालपारिको जिल्लामा यो वर्ष बाढीले ठूलो विनाश गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

लमजुङको सीमा जोडिएको ताल बजार गाउँ मर्स्याङ्दी नदीमा आएको बाढीले कारण डुबान परेको छ। सदरमुकाम चामेबाट विस्थापित भएका ३ सय जनालाई जिल्ला कारागारको नयाँ भवनमा सारिएको छ।

यो वर्ष मनाङमा प्रिमनसुन वर्षाले पनि बाढी आएको थियो। अग्ला हिमालहरुले बादल छेक्दा त्यस क्षेत्रसम्म मनसुनी आद्रता निकै कम मात्रै पुग्ने गर्छ। जसका कारण न्यून वर्षा हुने गर्छ। तर, यसपटक सो क्षेत्रमा अत्यधिक वर्षा भएको छ।

मनाङमा स्वचालित मौसम मापन केन्द्र नभएका कारण तीन दिनमा कति वर्षा भयो भन्ने तथ्यांक विभागले उपलब्ध गराउन सकेको छैन। छिमेकी जिल्ला मुस्ताङको जोमसोममा भने ४५ मिलिमिटर वर्षा मापन गरिएको छ ।

नेपालको सबैभन्दा बढी पानी पर्ने लुम्लेमा २४ घण्टामा १ सय ७८ र पोखरामा १ सय ५६ मिलिमिटर पानी परेको थियो। विभागले यसअघि नै यो वर्ष हिमाली क्षेत्रमा औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको थियो।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दु:ख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई टेलिफोन गरी मर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा ताल गाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र उनीहरुलाई बसोवासको प्रबन्ध गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ५५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने