यूएईबाट नेपाल एयरलाइन्सले जुन २३ र ३० मा उडान गर्ने | Khabarhub Khabarhub

यूएईबाट नेपाल एयरलाइन्सले जुन २३ र ३० मा उडान गर्ने


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- यूएईबाट नेपाल एयरलाइन्सले जुन २३ र ३० तारिखमा उडान गर्ने भएको छ ।

कोरोना महामारीको कारण हवाई उडानमा रोकिएपछि यूएईमा रहेका नेपाली श्रमिकहरु समस्या परेकाले उडान गर्न लागिएको जनाएको छ ।

वाइड बडी विमानले जुन २३ र ३० तारिख दुबईदेखि काठमाण्डौको उडान भर्ने तय भएसंगै टिकट बुकिङ पनि खुल्ला गरिएको नेपाल एयरलाइन्स युएईका कन्ट्री म्यानेजर टीकाराम पङ्गेनी जानकारी दिए ।

एकतर्फी उडान भएकाले हवाई भाडादर झन्डै पचास हजार नेपाली रुपैया पर्ने बताईएको छ । त्यहाँबाट नेपाल फर्किने यात्रुहरुले पीसीआर परीक्षण गरि रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र साथमा लिएर जानु पर्नेछ ।

७२ घण्टा अगाडि पीसीआर परीक्षण गरेको रिपोर्ट हुन पर्नेछ । सीसीएमसीको फारम अनिवार्य रुपमा भर्नु पर्नेछ । नेपाल पुगेपछि काठमाडौँमा पाँच दिन होटल क्वारेनटाइ बस्नु पर्नेछ ।

उडान रोकिएपछि खास गरी उडान बन्द हुनु अगाबै टिकट लिएर बसेका, करार अवधि सकिएर स्वदेश र्फकने क्रममा रहेका, भिजिट भिसाको म्याद सकिएका, कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किने तयारीमा रहेका लगायत अन्य विभिन्न कारणले रोजगारी गुमाएका बसेका नेपाली बढी समस्यामा रहेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ५९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी