आहा ! मात्र १९ रुपैयाँ घर ? अनि घर किन्नेलाई ६ लाख पनि ? | Khabarhub Khabarhub

आहा ! मात्र १९ रुपैयाँ घर ? अनि घर किन्नेलाई ६ लाख पनि ?


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घर किन्नु परे कति पैसा पर्ला ? शहर बजारमा भए करोड घटिमा के आउला । पहाडि वा तराइका गाउँमा समेत घर किन्न लाखौं तिर्नु पर्दछ । तर विश्वमा एक यस्तो स्थान छ, जहाँ केवल १९ रुपैयाँमा घर आउँछ । त्यो पनि विकसित मानिएको युरोपेली देश क्रोएसियामा ।

सुन्दा पत्यार नलाग्ला, तर पूर्वी युरोपेली देश क्रोएसियामा केवल १ क्रोएसियन कुना अर्थात नेपाली १९ रुपैयाँमा घर किन्न पाइन्छ । त्यो पनि चानचुने होइन, १५०० वर्गफुटमा फैलिएका घर । रोयटर्सका अनुसार क्रोएसियाको लेग्राड नामक शहरमा अहिलेसम्म यहि दरमा १७ वटा घर बिक्रि भइसकेका छन् ।

लेग्राड ६२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शहर हो । जसको जनसंख्या केवल २ हजार २५० छ । यस्तोमा शहरको जनघनत्व कम नहोस् भनेर यहाँका घरलाई यति सस्तोमा बेच्ने निर्णय गरिएको हो । लेग्राडका मेयर इभान साबोलिकका अनुसार यहाँ यातायातको सुविधा नगन्य छ ।

यस शहरमा घर किन्न भने केही सम्झौताहरु गर्नु पर्ने हुन्छ । सम्झौतामा घर किन्ने व्यक्ति १५ वर्षसम्म त्यही शहरमा बस्नुपर्छ । यस्तोमा पुराना भएका घरको मर्मत सरकारले गरिदिनेछ । यतिमात्र होइन, नयाँ जीवन सुरु गर्न घर किन्ने व्यक्तिलाई ३५ हजार कुना अर्थात ६ लाख ६३ हजार भन्दा बढि रुपैयाँ पनि दिइनेछ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ६ : ५३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर