एक्लै सुत्न डराउछन् टाइगर ! | Khabarhub Khabarhub

एक्लै सुत्न डराउछन् टाइगर !


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका सबैभन्दा शक्तिवान अभिनेताका रुपमा टाइगर श्राफलाई लिने गरिएको छ । उनलाई हरेक वर्गका मानिसले मनपराउछन् । चाहे त्यो बालबालिका हुन् अथवा वृद्धवृद्धा नै किन नहुन् ।

तर रोचक कुरा के छ भने यी अभिनेता एक्लै सुत्न डराउछन् । एबीपी लाइभका अनुसार ३१ वर्षका टाइगरले हालै एक अन्तरवार्तामा आफू एक्लै सुत्न डराउने कारणबारे मुख खोलेका छन् ।

‘मैले एक हरर फिल्म हेरेको थिएँ, त्यो हेरेपछि मलाई यति डर लाग्यो कि त्यसपछि म कहिल्यै पनि एक्लै सुत्न सकिनँ । म जब घर बाहिर हुन्छु या कुनै यात्रामा निस्कन्छु, त्यो बेला एक टिम सदस्यलाई कोठामा लैजान्छु । घरमा रहेको बेला आमाको कोठामा सुत्छु’, उनले खुलासा गरेका छन् ।

यी अभिनेता चाँडै नै ‘गणपत’मा कृति सेननका साथ देखिँदैछन् । यो जोडीलाई यसअघि फिल्म ‘हीरोपंती’मा दर्शकले मनपराइसकेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १० : २० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर