कांग्रेस नेतृ राणाद्वारा अक्सिजन प्लान्ट स्थापना गर्न १० लाख सहयोग | Khabarhub Khabarhub

कांग्रेस नेतृ राणाद्वारा अक्सिजन प्लान्ट स्थापना गर्न १० लाख सहयोग


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमाहानगरपालिकालाई दश लाख आर्थिक सहयोग गरेकी छिन् ।

आइतबार कांग्रेस नेतृ देउवाले अक्सिजन प्लान्ट स्थापनाका लागी धनगढी उपमाहानगरपालिकालाई दश लाख आर्थिक सहयोग गरेकी हुन् ।

उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा सो बराबरको रकम जम्मा गरेको मेयर नृपबहादुर वडले जानकारी दिए ।

अहिले कोरोना संक्रमितको संख्या बढ्दै गएको र अस्पतालमा बिरामीहरुका लागि अक्सिजनको अभाव हुन थालेको हुँदा उपमहानगरले अक्सिजन प्लान्ट स्थापनाका लागि रकम संकलन अभियान जारी राखेको मेयर वडले जानकारी दिए ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ७ : ४५ बजे

रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) रोमाञ्चक मोडमा पुगेको छ।

पारस खड्का भन्छन् – ‘मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु’

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक

नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन पुलको काम तीव्र

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।