पत्रकार कार्कीको निधनमा चौतारी स्तब्ध | Khabarhub Khabarhub

पत्रकार कार्कीको निधनमा चौतारी स्तब्ध


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस चौतारी नेपालले केन्द्रीय कमिटी सदस्य तथा नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण ३५ वर्षको अल्पायुमै असामयिक निधन भएकामा सङ्गठन स्तब्ध भएको जनाएको छ ।

कोरोना संक्रमणपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचाररत कार्कीको शनिबार साँझ ८ : ०० बजे निधन भएको हो । झापाको साविक डोरामारी गाविस, हाल गौरादह नगरपालिका–४ डोरामारी निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए ।

पेशाप्रति अत्यन्तै लगनशील कार्कीले च्यानल नेपाल टेलिभिजनको समाचार प्रमुखको रुपमा समेत जिम्मेवारी सम्हालि सकेका थिए । हाल अनलाइन पत्रिका जनताटाइम्स डटकमको सम्पादक र सौर्य दैनिकका सहसम्पादक कार्कीलाई गत वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले आज विज्ञप्ति जारी गरी अल्पायुमै भएको उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको उल्लेख गरेका छन् ।

कोरोना संक्रमणको कारण अहिलेसम्म मुलुकभर गरी १४ जना पत्रकारले जीवन गुमाउनु परेको छ । अध्यक्ष बस्नेतले जीवन गुमाउने सबै पत्रकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले महामारीको चपेटमा परेको यस अवस्थामा नागरिकलाई सूसुचित गराउने दायित्व निर्वाहमा लागिरहँदा स्वास्थ्य मापदण्डको पूर्णपालना गरी संक्रमणबाट बच्न पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : ३१ बजे

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको