बलिउड अभिनेतासँग रोमान्स गर्ने यी हलिउड अभिनेत्रीहरु | Khabarhub Khabarhub

बलिउड अभिनेतासँग रोमान्स गर्ने यी हलिउड अभिनेत्रीहरु


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका कैयौं कलाकारहरु हलिउड फिल्ममा देखिएका छन् । उनीहरुले आफ्नो अभिनयको बलबाट विदेशमा पहिचान पनि बनाएका छन् । हलिउडमा आफ्नो अभिनयको छाप छोडेका केही अभिनेत्रीहरुले बलिउडमा अभिनेतासँग अनस्क्रिन रोमान्स गर्ने अवसर पाएका छन् ।

अमर उजालाका अनुसार यी अभिनेत्रीहरु अहिलेको फिल्ममा नभई धेरै अगाडिका फिल्ममा अभिनय गरेको हेर्न पाइन्छ । अभिनेता राज कपूरदेखि लिएर आमिर खानसम्म उनीहरुले रोमान्स गरिसकेका छन् ।

अभिनेत्री एडवर्ड जेराडाले सन् १९७० मा रिलिज फिल्म ‘मेरा नाम जोकर’मा ‘शोमेन’ राज कपूरसँग अभिनय गरेकी थिइन् । यो फिल्ममा वास्तविक सर्कस देखाइएको थियो । फिल्मका लागि सोभियत स्टेट सरकसबाट कलाकार ल्याइएको थियो । यही कलाकारको समूहमा एडवर्ड थिइन् ।

फिल्म ‘लगान’ हेर्नु भएको छ भने त्यहाँ हलिउड अभिनेत्री रशेल शैलीलाई तपाईंले पक्कै बिर्सनुभएको छैन । फिल्ममा अंग्रेज शासनबाट मुक्ति पाउनका लािग गाउँलेहरु उनीहरुसँग क्रिकेट खेल्छन् । यो फिल्ममा अंग्रेजी टिममा एक महिला छिन् । जसले गाउँलेलाई क्रिकेट खेल्न सिकाउछिन् । त्यो भूमिका रशेलले नै निभाएकी थिइन् ।

आमिर खान स्टारर फिल्म ‘रंग देश बसन्ती’ लाई युवा दर्शकले निकै मनपराए । फिल्ममा इंग्ल्याण्डकी अभिनेत्री एलिस पैटनले आमिरसँग रोमान्स गरेकी छन् । फिल्ममा उनले वृत्तचित्र बनाउन भारत आएकी महिलाको भूमिका निर्वाह गरेकी छन् ।

सन् २०१० मा रिलिज फिल्म ‘काइट्स’मा ऋतिक रोशन प्रमुख भूमिकामा थिए । फिल्ममा नताशाको भूमिका निभाउने कलाकार मेक्सिकोकी मोडल बारबरा मोरी थिइन् । फिल्ममा उनले अभिनयको तारिफ पाएकी थिइन् । यो बेला बारबरा र ऋतिक बीच अफेयरको हल्ला चलेको थियो ।

अभिनेता रणवीर कपूर र अभिनेत्री कटरीना कैफ स्टारर फिल्म ‘राजनीति’मा सराह थम्प्सनले अभिनय गरेकी छन् । उनी अमेरिकाको ठूलो पर्दाको प्रख्यात अभिनेत्री हुन् । टेलिभिजनमा उनको लोकप्रियता उत्तिकै छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ६ : १० बजे

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,