दिल्लीमा एक साता लम्बियो लकडाउन | Khabarhub Khabarhub

दिल्लीमा एक साता लम्बियो लकडाउन


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको दिल्लीमा जारी लकडाउन एक साता लम्बिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि लकडाउन थप गर्ने घोषणा गरेका हुन् ।

यसअघि सोमबारसम्मका लागि लकडाउन गरिएको भएपनि केजरीवालले आइतबार एक साताका लागि लकडाउन थप भएको घोषणा गरेका हुन् ।

केजरीवालले दिल्लीमा अवस्थामा सुधार भइरहेको र कोरोना भाइरस संक्रमण तीव्र गतिमा घटिरहेको बताएका छन् । उनले भने, ‘हामी यो चाहँदैनौं कि सुधार हुँदै गरेको अवस्थामा, पुनः अवस्था खराब होस् । त्यसैले लकडाउन मे २४ को बिहान ५ बजेसम्मका लागि बढाइँदैछ । त्यतिबेलासम्म मेट्रो सेवा पनि बन्द हुनेछन् ।’

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै केजरीवालले सर्वसाधारण लकडाउनका कारण दुःखी भएको भएपनि यो समय एकअर्काको सहारा दिने समय भएको बताएका छन् । उनले सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

पछिल्लो केही समय यता दिल्लीमा कोरोना संक्रमणमा उल्लेख्य कमी आएको छ । पछिल्लो २४ घण्टा दिल्लीमा ६ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

बीबीसी हिन्दीबाट

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ५ : ०१ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी