मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित, चार अन्तर्राष्ट्रिय विमान डाइभर्ट | Khabarhub Khabarhub

मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित, चार अन्तर्राष्ट्रिय विमान डाइभर्ट


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको मौसममा आएको प्रतिकूलताले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।

शुक्रबार अपरान्हपछि काठमाडौँ उपत्यकाको मौसम खराब भएको थियो । मघगर्जनसहित वर्षा भएपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न सक्ने अवस्था बनेन ।

विमानस्थल कार्यालयका अनुसार मौसम खराबीका कारण ४ वटा अन्तर्राष्ट्रिय विमानलाई भारततर्फ डाइभर्ट गरिएको छ । यस्तै आन्तरिक हवाई उडानसमेत प्रभावित भएका छन् ।

साउदीको दमामबाट काठमाडौँ आउँदै गरेको हिमालय एयरलाइन्स र नयाँ दिल्लीबाट आएको एयर इण्डियाको विमानलाई भारतको वनारस डाइभर्ट गरिएको छ । यस्तै कतारको दोहाबाट आएको कतार एयरवेजको विमानलाई भारतको कोलकाता डाइभर्ट गरिएको छ ।

उता, दिल्लीबाट उडेको नेपाल एयरलाइन्सको विमानलाई दिल्ली नै फिर्ता पठाइएको छ ।

आन्तरितकतर्फ ७ वटा जहाज डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । ६ वटा बुद्ध एयरका जहाज र एउटा यति एयरको जहाज डाइभर्ट गरिएको हो । विमानस्थल कार्यालयले अहिले ४ हजार मिटरको भिजिबिलिटी रहेको र मौसममा क्रमिक सुधार हुँदै गएको जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ४२ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै