ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कारबाहीको सिफारिस | Khabarhub Khabarhub

ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कारबाहीको सिफारिस



काठमाडौँ – फ्लोर क्रस गरेर मतदान गर्ने चार जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न एमालेको कर्णाली प्रदेशले सिफारिस गरेको छ ।

सुर्खेतमा बसेको बैठकले फ्लोर क्रस गर्ने सांसदहरू प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारबाहीका लागि सिफारिस गरिएको एमालेको कर्णाली प्रदेश इञ्चार्ज यामलाल कणेलले जानकारी दिए ।

विधानअनुसार कारबाहीको सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय भएको इञ्चार्ज कणेलले बताए । उनले भने, ‘पार्टी विधानविपरित जाने चार जना सांसदलाई विधानअनुसार नै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका छौं ।’

उनले भने, ‘उहाँहरु एमाले नै रहनुभएन । एमाले नभएपछि त सदस्य रहने भन्ने कुरा भएन ।’

उनले विधानअनुसार प्रदेशले केन्द्रलाई सिफारिस गर्नसक्ने व्यवस्था रहेको र त्यहीअनुसार कारबाहीका लागि सिफारिस गरिएको हो ।

अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेका माधव नेपाल पक्षका चार सांसदले शुक्रबार विश्वासको मत दिएर पद जोगाइ दिएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : २६ बजे

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४

विश्वकपको टिम घोषणा र एसियाली सम्भावना

गएका वर्षमा सनसनी फैलाएका शुभमन गिललाई वैकल्पिक खेलाडीमा सीमित गर्दै

धादिङको थाक्रेमा आगलागीबाट वृद्ध दम्पतीको मृत्यु

धादिङ– धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलामा एक घरमा आगलागी हुँदा