नहकुल सुवेदी र कुमार चुँडाल सर्वोच्चको न्यायाधीशमा अनुमोदन | Khabarhub Khabarhub

नहकुल सुवेदी र कुमार चुँडाल सर्वोच्चको न्यायाधीशमा अनुमोदन


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदी र कुमार चुँडाल संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् । शुक्रबार भएको सुनुवाइपछि दुवै न्यायाधीशको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो । यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।

संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको समयभित्र चुडालविरुद्ध २ र सुवेदीविरुद्ध ५ वटा उजुरी परेका थिए । न्याय परिषद्ले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुवेदीलाई फागुन २८ गते न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : २४ बजे

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई