नेपालमा ९०० कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो | Khabarhub Khabarhub

नेपालमा ९०० कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार ५३७ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा ८३६  र एन्टिजेन विधिबाट गरिएको परीक्षण ६४ जना गरी ९ सयमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५००८ पुगेको छ ।

यसैगरी २४ घण्टामा २०८ जना संक्रमित निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : ०७ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन