लामो समयपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन संवाद | Khabarhub Khabarhub

लामो समयपछि प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन संवाद


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लामो समयदेखिको संवादहीनतालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्ता गरेका छन् ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न पुगेका प्रचण्डले आफूलाई प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि फोन गरेको बताएका हुन् ।

आफू प्रधानमन्त्री ओलीसँग भेट्न जान लागेको बताउँदै उनले भने, ‘राम्रो हो कि नराम्रो के हो, म भवन उद्घाटन गर्न यहाँ बस्दै गर्दा प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभयो । म गाउँपालिकाको भवन उद्घाटन गर्दैछु पछि कुरा गरौंला भनें ।’

प्रधानमन्त्री ओलीको फोन आएपछि लामो समय भाषण नगरी प्रचण्ड कार्यक्रमस्थलबाट निस्किएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : २७ बजे

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले

सुनको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी