सधैँ चाडपर्वको खानाले किन पेटमा समस्या आउँछ ? | Khabarhub Khabarhub

सधैँ चाडपर्वको खानाले किन पेटमा समस्या आउँछ ?


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ वर्ष २०७८ भित्रिएको छ । यस अवसरमा हरेक घरमा अनियन्त्रित मिठो मसिनो परिकार र माछामासु खाने गरिन्छ । जसका कारण कतिपयको पाचन यन्त्रमा समस्या देखापर्ने गर्दछ ।

पाचन यन्त्र कमजोर हुदाँ अनेकौ रोगले सताउँछ । खाएको कुरा राम्ररी पचेन भने शरीरमा पोषण पनि अपर्याप्त हुन्छ । जसले गर्दा शरीरको प्रतिरक्षा क्षमतासमेत गुम्ने गर्दछ ।

यस्तोमा पाचन यन्त्रमा असर नपर्ने गरी कसरी खानपान गर्ने त ?

१. खाना सधैँ समयमा बिस्तारै चपाएर खाने ।
२. सकेसम्म बेलुकीको खाना सुत्नुभन्दा ३ देखि ४ घण्टा अगावै खाने ।
३. फाइबर पाचनतन्त्रका लागि उपयोगी हुने भएकाले फाइबरयुक्त खाना खाने ।
४. खानामा सँगै पानी नखाने । तर अन्य समयमा दैनिक ३ लिटरसम्म पानी पिउने ।
५. खानामा दही समावेश गर्ने । यसमा प्रोबायोटिक्स हुने भएकाले पेटमा लाभ गर्दछ ।
६. पाचनमा सुधार ल्याउन अमिलो फल निबुवा, सुन्तला खाने ।
७. खानामा धनिया, अदुवा, जिरा, मरिच, खुर्सानी र बेसारले मिसाउने ।
८. धुमपान नगर्ने । यसले खाद्यनलीभन्दा मुनि माँसपेशीहरुलाई कमजोर बनाउँछ ।
९. सकेसम्म मदिरा नपिउने । पिउनु परे पनि सीमित मात्रामा मात्र खाने ।
१०. बढि बोसोयुक्त भोजन पच्न समय लाग्छ, त्यसैले बोसो कम भएको खानेकुरा मात्र खाने ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ५५ बजे

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई