मुख्यमन्त्री राईको हेलिकप्टर चढेर ससुराली यात्रा (तस्वीरसहित) | Khabarhub Khabarhub

मुख्यमन्त्री राईको हेलिकप्टर चढेर ससुराली यात्रा (तस्वीरसहित)


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हालै दाम्पत्य जीवनमा बाधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चढेर ससुराली पुगेका छन् ।

पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि मुख्यमन्त्रीले हेलिकप्टर नै चार्टड गरेका हुन् ।

शेरधन पत्नी जाङ्मुले मंगलबार बिहान फेसबुकमार्फत संखुवासभा पुगेको फोटोहरू सार्वजनिक गर्दै आफू जन्मस्थल जान पाउँदा निकै खुसी लागेको लेखेकी छन् । साथै उनले आफू जन्मेको गाउँ र ठाउँका लागि केही गर्नुपर्ने महसुस गरेको पनि लेखेकी छन् ।

उक्त स्थानमा विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका पूर्वाधारलगायतले जनतालाई जोड्न बाँकी रहेको भन्दै आफ्ना श्रीमान शेरधनलाई यसप्रति ध्यानाकर्षण भएको पनि उनले बताएकी छन् ।

तस्वीरहरू मुख्यमन्त्री राईकी श्रीमती जाङ्मुको फेसबुकबाट

मैले भर्खरै आफ्नाे जन्म स्थल संखुवासभा मकालु गाउँपालिकाकाे सेदुवा र नाेर्बुकाे भ्रमण मेराे श्रीमान माननीय शेरधन राई र…

Posted by Jangmu Enn Sherpa on Monday, March 15, 2021

 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ०५ बजे

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय