काठमाडौं– गायिका दीपा लामा र गायक सुमन केसीको स्वरमा रहेको गीत ‘फिदा’ को भिडियो सार्वजनिक भएको छ ।
लोकलयमा आधारित गीतमा सुमन योञ्जनको शब्द, दीपक शर्माको संगीत तथा साहस शाक्यको संगीत संयोजन छ ।
भिडियोमा पल शाह र वर्षा राउत फिचर्ड छन् । सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र नवीन निरौलाको सम्पादन छ ।
गम्भीर विस्टको निर्देशन रहेको भिडियोमा हर्क राई र मधु राईको लगानी छ । भिडियो केन्द्र मोशन पिक्चर्सको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया