सुन्दै अच्चम्म ! ७ सय वर्षदेखि चराको जस्तै गुडमा बस्छन् कन्दोवन गाँउका मानिस | Khabarhub Khabarhub

सुन्दै अच्चम्म ! ७ सय वर्षदेखि चराको जस्तै गुडमा बस्छन् कन्दोवन गाँउका मानिस


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसमा आफ्नो घर आलिशान वा भव्य महल होस् भन्ने चाहाना हुन्छ । सबैले आफ्नो घरमा हरेक सुख सुविधा होस् भन्ने चाहान्छन् । तर यो विश्वमा एउटा यस्तो गाँउ छ जहाँका मानिस भव्य घरमा होइन गुडमा बस्दै आएका छन् ।

इरानको एउटा गाँउका मानिस गुडमा बस्दै आएको छ । उनीहरुको घर, घर जस्तो होइन चराको गुड जस्तो देखिन्छ । र त्यो पनि २/४ बर्ष वा एक दशकअघिबाट होइन विगत ७ सय बर्षदेखि उनीहरु चराको गुड जस्तो घरमा बस्दै आएका छन् ।

इरानको कन्दोवन गाँउका मानिसको घर चराले झै गुड जस्तो घर बनाएर बस्ने गर्दछन् । उनिहरुको घर मात्र होइन, परम्परा रहनसहन पनि अद्भुत छ । खासमा बर्षौ पहिले यहाँ मंगोलको आतंक थियो ।

मंगोलको हमलाबाट बच्न उनीहरुका पूर्वजले लुक्न ज्वालामुखी चट्टानलाई खनेर यस्ता घर बनाए । पछि यहि घर उनीहरुको स्थानी घर भयो । यसैको निरन्तरता स्वरुप यो गाँउका घर विश्वभर चर्चित बने ।

बाहिरबाट देख्दा अनौठो भएपनि यहाँका घर निकै आरामदायी छन् । रोचक त के छ भने यँहाका हरेक घर वातावरणको अनुकूल छ । जसका कारण चिसो मौसममा तातो र गर्मी मौसममा चिसो हुन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ३ : ५८ बजे

अबदेखि सय रुपैयाँ दरको नोटमा नेपालको चुच्चे नक्सा

काठमाडौं- सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा

मातातीर्थ औंशीमा चन्द्रागिरि नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं– मातातीर्थ औंशीको अवसरमा वैशाख २६ गते चन्द्रागिरि नगरपालिले सार्वजनिक

अप्ठेरोमा मुख्यमन्त्री सोडारी, विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाएको

रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र

मेरो घर रोल्पाको लुङग्री गाउँपालिकामा पर्छ । उमेरले म ४४

मधेस प्रदेश लोसपा सांसदीय दलका नेता शर्मा निलम्बित

जनकपुरधाम –  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अभिराम शर्मालाई निलम्बन