भिटामिन डीको अभाव पूरा गर्न कति समय घाम ताप्ने ? | Khabarhub Khabarhub

भिटामिन डीको अभाव पूरा गर्न कति समय घाम ताप्ने ?


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरको विकास र सञ्चालनमा विभिन्न प्रकारको पौष्टिक तत्व र भिटामिन आवश्यक पर्दछ । कुनै पनि भिटामिनको कमी भएमा शरीरमा रोगको जोखिम बढेर जान्छ ।

भिटामिन डी हाम्रो शरीरमा अति आवश्यक छ । तर कतिपय मानिसमा यसको कमी रहने गर्दछ । अझ शहर बजारमा बस्नेहरु भिटामिन ‘डी’को कमीको समस्यासँग बढी जुझ्ने गरेका छन् । त्यसको प्रमुख कारण हो सूर्य किरणको सम्पर्कबाट टाढा रहने ।

पहिले पहिले मानिसहरू प्रकृतिसँग बढी नजिक हुन्थे, घाममा बढी निस्किने गर्थे र धेरैजसो काम वा क्रियाकलाप खुला वातावरणमै हुने भएकाले घामसँगको सम्पर्क बढि हुन्थ्यो । तर अहिले कोठा भित्र थुनिएर बस्दा ठूलो जनसंख्यामा भिटामिन ‘डी’ को कमी पाइएको छ ।

मानव छालाले सूर्य प्रकाशमा भएको परावैजनी किरणबाट भिटामिन ‘डी’ को निर्माण गर्छ । विज्ञहरूका अनुसार, भिटामिन ‘डी’ बोसोमा घुलनशील हुन्छ । यसले शरीरलाई क्याल्सियम सोस्न सघाउँछ । भिटामिन ‘डी’ माछा, च्याउ, दूध, मासु, अन्डा, फोर्टिफिकेसन भएका खाद्यपदार्थहरूमा पाइन्छ ।

जाडोमा मात्र नभई गर्मी याममा पनि घाम ताप्न आवश्यक हुन्छ । सातामा दुईदेखि तीन पटकसम्म ५ देखि १५ मिनेटसम्म हातपाखुरा, अनुहारमा घाम पार्न सके हाम्रो शरीरमा भिटामिन ‘डी’ को स्तर उच्च रहन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ११ : ४८ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश