साहित्यकार भण्डारीको ‘असुरक्षित गुलाब’ लोकार्पण | Khabarhub Khabarhub

साहित्यकार भण्डारीको ‘असुरक्षित गुलाब’ लोकार्पण


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साहित्यकार जीवनसागर भण्डारीको मुक्तक सङ्ग्रह ‘असुरक्षित गुलाब’ लोकार्पण भएको छ ।

पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित विशेष कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति साहित्यकार सरुभक्तले उक्त कृतिको लोकापर्ण गरेका हुन ।

सो अवसरमा उनले जीवन र साहित्य पाटो सँगसँगै भएकाले अब छुट्टाछुट्टै लिन नसकिने बताए । मुक्तक सङ्ग्रह समसामयिकतासँगै समाजका विविध आयामलाई चोटिलोरुपमा उतार्न सफल भएको उल्लेख गर्दै उनले यो उत्कृष्ट कृतिको रुपमा परिचय बनाउने विश्वास व्यक्त गरे ।

परिवारका पूर्वअध्यक्ष साहित्यकार ईश्वरमणि अधिकारीले भण्डारीका साहित्यिकलगायत उनको व्यक्तित्वको चर्चा गर्दै मुक्तक सङ्ग्रह समाजको यथार्थलाई बिम्वात्मक र व्यग्याङ्त्मकरुपमा प्रस्तुत गर्न सफल भएको बताए ।

समालोचक सञ्जीव तिवारीले नेपाली साहित्यमा भण्डारीका मुक्तक उल्लेखनीय हुने बताउँदै मुक्तकमार्फत भण्डारीले राजनीतिक र सामाजिक विकृतिमा व्यङ्ग्य प्रहार गरेको उल्लेख गरे ।

मुक्तकमा नेपाल र नेपालीको भविष्यका विषयमा गम्भीर चिन्ता व्यक्त गरिएको उनको भनाइ छ ।

कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ, गजलकार प्रकट पगेनी ‘शिव’, गजलकार दीपक समिप, पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यलगायतले साहित्यकार भण्डारीको साहित्यिक जीवनको सफलताको शुभकामनासहित साहित्यप्रतिको आफ्नो धारणा राखेका थिए ।

परिवारका अध्यक्ष मोती भुजेलले भण्डारीमा राजनीतिक र सामाजिक यथार्थलाई सरल र स्पष्टरुपमा चोटिलो प्रहार गर्नसक्ने क्षमता रहेको उल्लेख गर्दै साहित्यले समाजको तत्कालीन परिवेशलाई उतार्न भएकाले समाजका परिवेश बुझ्न सहज हुने विश्वास व्यक्त गरे ।

‘असुरक्षित गुलाब’मा १०७ मुक्तक समावेश रहेको परिवारका सचिव डा चैतन्य अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ९ : ३२ बजे

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ। शुक्रबार स्थानीय

डरत्राश देखाइ नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आराेपमा दुई जना पक्राउ

काठमाडौं– नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ

भारतको उत्तराखण्डमा डढेलो, बझाङका दुईजनाको मृत्यु

महेन्द्रनगर- भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु

विपद् व्यवस्थापनमा बजेट छैन भन्ने प्रवृत्ति अन्त्य गरौँ : गृहमन्त्री

काठमाडौं–  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनमासमेत बजेट छैन

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गराैँ, तत्काल सत्ताको फेरो समात्न आवश्यक छैन : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान अवस्थामा कांग्रेसले