आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य | Khabarhub Khabarhub

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

यसअघि माघ २८ गते  पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्य वृद्धि गरेको निगमले पुनः आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँले बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको प्रवक्ता उपाध्यायले जनाए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको भाउ बढेर घाटा चुलिएको बताउँदै निगमले मुल्य समायोजन गरेको जनाएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ९ : ०० बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् ।

गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भयो : सभापति देउवा

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर सभापति देउवाले अहिलेको चुनौतीको सामना