कपिल र सुनिललाई मिलाउदै सलमान | Khabarhub Khabarhub

कपिल र सुनिललाई मिलाउदै सलमान


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’ कमेडी जनरामा टेलिभिजनमा सर्वाधिक रुचाइएको शो हो । यो शोमा अहिले कपिल शर्मा, सुमोना चक्रवर्ती, कृष्णा अभिषेक र किकु शारदालगायतका कलाकार छन् ।

शुरुवाती समयदेखि यो शोमा कलाकार सुनिल ग्रोवर पनि थिए । जो ‘गुत्थी’का रुपमा परिचित थिए । तर कपिलसँगको असमझदारी र झगडाका कारण सुनिलले शो छोडेपछि फ्यानहरु शोमा सुनिलको प्रतिक्षा गरिरहेका छन् ।

दुईबीचको असमझदारीलाई अब समझदारीमा परिणत गर्न अभिनेता सलमान खान अग्रसर भएका छन् । सलमान दुई कलाकारबीचको शुरुवाती जस्तै सम्बन्धलाई ब्युताउनका लागि मध्यस्थता गर्दैछन् ।

कपिल र सुनिलबीच खटपट भएयता यी दुई कलाकारले कुनै पनि अन्य कार्यक्रममा सहकार्य गरेका छैनन् । अहिले टेलिभिजनमा प्रसारण भइरहेको कपिलको शोका निर्माता सलमान हुन् । त्यहीकारण पनि सलमानले सुनिललाई पुनः शोमा ल्याउन चाहिरहेका छन् ।

केही दिन अघि मात्र कपिलको मेकअप मेनको ग्राममा कपिल र सुनिल पुगेका थिए । ती मेकअपमेनले दुवैको तस्बिर सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको थियो ।
–एजेन्सी

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ३ : ४५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी