म्यानमारका नागरिक रात्रिकालीन गस्तीमा | Khabarhub Khabarhub

म्यानमारका नागरिक रात्रिकालीन गस्तीमा


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानमारमा सैनिकले अनाहकमा दुःख दिएपछि नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् ।

स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि यो रणनीति लिइएको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ताहरूले बताएका छन्  ।

सेनाले नागरिक नेता आङ सान सुकीलाई फेब्रुअरी १ मा हिरासतमा लिएर उनको सरकारलाई हटाएपछि बनेको सेनाको निकट मानिने सैनिक जुन्ता समूहको सरकारले सयौं मानिसहरूलाई बन्दी बनाएको छ ।

सरकारको कदमविरूद्ध सडकमा नागरिक अवज्ञा अभियानलाई रोक्न सेनाले सहर तथा गाउमा पसी प्रभावशाली व्यक्तिलाई पक्राउ गर्न थालेको र यसलाई असफल बनाउन एनएलडीले आफ्ना नेता, शुभचिन्तक तथा मतदातालाई निर्देशन गरेको छ ।

प्रतिक्रियास्वरूप म्यानमारका समुदायहरूबाट रातको समयमा नेता तथा कार्यकर्ताको गिरफ्तार हुन नदिनको लागि विभिन्न समूहहरू बनाएर गस्ती बढाएका छन् ।

‘हामी अवश्य पनि डराएका छौं किनकि उनीहरू सशस्त्र छन् तर हामी हरेक रात आफ्नो निगरानी जारी राख्नेछौं,’ याङ्गोनका सडकमा गस्तीमा खटिएका एक यूवा म्यो को कोले  भने, ‘हामी कसैलाई पनि विनाकारण पक्राऊ गर्न दिनेछैनौ ।’

जुन्ता समूहले जेलमा रहेका कैदीहरूलाई रिहा गरी समुदायमा सैनिक सरकारको पक्षमा अभिमत सिर्जना गर्न पठाइएको सामाजिक सञ्जालहरूमा फैलिएको हल्लापछि प्रजातन्त्र पक्षधर अभियन्ताहरू गस्तीमा निस्केका एनएलडीले बताएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ८ : ४५ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)