कुमारी बैंकको क्यूआर क्यास विथड्र सुविधा | Khabarhub Khabarhub

कुमारी बैंकको क्यूआर क्यास विथड्र सुविधा


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंकले क्यूआर स्क्यान एन्ड विथड्र सुविधा सुरु गरेको छ ।

उक्त सुविधाअन्तर्गत बैंकका ग्राहकले बिनाकार्ड या चेक कुमारी स्मार्ट मोबाइल एप्लिकेसनमार्फत टेलरमा राखिएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथड्र गर्न सक्नेछन् ।

ग्राहकले बैंकका हरेक शाखा तथा एक्सटेन्सन काउन्टरमा राखिएका क्यूआर कोड अंकित टेलर स्ट्यान्डमार्फत उक्त सेवाको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

क्यूआर प्रणाली मार्फत निकालिने नगद कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ र कार्डको दैनिक कारोबार सीमाअन्तर्गत हुनेछ । बैंकले हाल १ सय ९२ शाखा, १ सय ५२ एटीएम, २३ शाखारहित बैंकिङ इकाइ र १३ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ४ : ५८ बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका