उमेरमै जन्माउनोस् बच्चा, नत्र आउन सक्छ यस्तो समस्या | Khabarhub Khabarhub

उमेरमै जन्माउनोस् बच्चा, नत्र आउन सक्छ यस्तो समस्या


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हालै सार्वजनिक भएको अध्ययन अनुसार हजारौँ महिलाहरुले सन्तान जन्माउन ढिलाई गर्ने क्रम बढ्दो छ ।

ब्रिटिश प्रिगनेन्सी एडभाइजरी सर्भिसले तयार गरेको सो अध्ययन अनुसार दुई तिहाई महिलाहरुलाई करिअर बनाउनैपर्ने दबाब र पारिवारिक कारणले गर्भधारण गर्ने उपयुक्त साइत नै जुरेको छैन ।

करिअर, अध्ययन, आदिका कारण धेरैजसो महिलाहरु ढिलो सन्तान जन्माउने गरिहिरहेकै बेला विज्ञहरुले महिला उर्वरत्व जोगाउने विषयमा केही टिप्स दिएका छन् ।

यौनजन्य रोगहरुः महिलाको उर्वरता सम्बन्धी एक तिहाई समस्या यौनजन्य समस्याबाट हुने गरेको छ । यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको हुन्छ । समयमै उपचार गरिएन भने यसले महिलाको अन्डालाई अन्डासयबाट पाठेघरसम्म पुयाउने ट्युबलाई रोकिदिन्छ । तसर्थ, आफ्नो श्रीमानसँग मात्र यौन सम्पर्क गर्दा पनि यौन जन्य रोग लाग्ने भएकोले महिलाले कुनै शंका लाग्नासाथ परीक्षण गर्नुपछ । नियमित परीक्षण गर्नुभयो भने तपाईंको समस्या थप जटिल हुने न्यून सम्भावना हुन्छ ।

धुम्रपानः धुमपानकै कारण संसारमा १३ प्रतिशत महिला निःसन्तान र साबिक भन्दा १० वर्ष बुढा देखिएका छन् । किशोरी अवस्थामा चुरोट पिउदा सन्तान जन्माउने समयमा के नै असर पर्ला भन्ने भ्रम पनि हुन सक्छ । धुमपान नगर्नेको तुलनामा धुमपान गर्ने महिलामा ३० प्रतिशत बढी निःसन्तान हुने समस्या हुन्छ । गर्भवती बन्न नै उनीहरुलाई ३ वर्ष बढी समय लाग्छ । धुमपानले अन्डाशयको काममा नकारात्मक असर पर्छ । धुमपानको अशरले महिला अन्डा निस्काशन गर्न बाधा पुर्‍याउनका साथै पाठेघरभित्र बच्चालाई सुरक्षित साथ राख्ने पत्र पातलो हुँदै जान्छ । त्यस्तै धुमपान गर्ने महिलाहरुको मासिक धर्म अन्यको तुलनामा तीन वर्षअघि नै बन्द हुन्छ ।

अकुपन्चरबारे सोच्नुहोसः अकुपन्चरको शरीरमा नियन्त्रणात्मक प्रभाव हुन्छ र महिला उर्वरतालाई पनि संरक्षण गर्छ । यसले आइभीएफ गर्न, महिलाको अन्डासयबाट अन्डा निस्काशन हुने प्रक्रिया सहज गर्ने र मासिक धर्मका बेला हुने पिडा न्यून गर्ने विभिन्न अध्ययनले देखाएको छ । अकुपन्चरले मानिसलाई खुसी बनाउने दिमागको न्युरो केमिकल निस्काशन गर्न पनि सहयोग पुर्‍याउँछ । -एजेन्सी

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ५ : ५७ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र