प्रेमकथा बोकेको 'बाफ' रिलिज, प्रताप दासको अभिनय (भिडियोसहित) | Khabarhub Khabarhub

प्रेमकथा बोकेको ‘बाफ’ रिलिज, प्रताप दासको अभिनय (भिडियोसहित)


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–तीनपाते, के माया लाग्छ र ? जस्ता चर्चित गीत र म्यूजlक भिडियोबाट दर्शक तथा स्रोताको माया पाउन सफल आर्टमाण्डु स्टुडियोले “बाफ” बोलको म्युजिकल फिल्म रिलिज गरेको छ ।

बाफ गीतमा पनि तीनपातेकै गायक तथा संगीतकार सुजन चापागाँई र गायिका विधा तिवारीको आवाज रहेको छ । गीतले नेपाली प्रेमी अनि भारतीय प्रेमीकाको बालापनदेखि वयस्क हुँदासम्मका रसिक र मौलिक प्रेमकथालाई उजागर गरेको निर्देशक नविन चौहानले बताए ।

‘बाफ ‘ मा गायक प्रताप दासको मुख्य भूमिका रहेको छ भने शिल्पा थापा, नयन नेपाल, सम्रांत थापा, हर्क साउद , रिञ्छेन तामाङ्ग लगायतको अभिनय छ।

यसलाई अनिश स्याङ्ग्देनले छायांकन गरेका हुन् भने सुरज पौडेलको सम्पादन रहेको छ।

तीनपाते, साईली, दुबो फुल्यो जस्ता लोकप्रिय गीतका रचनाकार हर्क साउदको शब्द रचना रहेको यस गीतको संयोजन तथा संगीत उत्पादन गंगा थापाले गरेका हुन्।

यस्तो छ भिडियो

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : ३२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र