यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा | Khabarhub Khabarhub

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ ।

विक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओको बाँडफाँड भएको जानकारी दिएको छ । संस्थाको आईपीओको नतिजा चार वटा वेबसाइटबाट हेर्न सकिनेछ ।

प्रभु क्यापिटलका अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट, मेरो शेयरको मोबाइल एप, यूनियन लाइफ इन्स्योरेन्सको वेबसाइट  र बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइटबाट नतिजा हेर्न सकिन्छ ।

असार २४ गतेदेखि २८ गतेसम्म निष्काशन भएको प्राथमिक शेयरका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । जसमध्ये बाँडफाँडका लागि २१ लाख १२ हजार ७९९ जना मात्रै योग्य भएका छन् । कम्पनीको आइपीओमा आवेदन दिनेमध्ये ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको छ ।

सर्वसाधारण समुह तर्फको ६४ लाख ५० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात तीन लाख २२ हजार ५०० कित्ता कर्मचारी र यतिनै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँड गरिएको छ ।

बाँकी रहेको ५८ लाख ५ हजार कित्ता आम सर्वसाधारणले प्राप्त गर्न सक्नेछन् । योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये भाग्यसाली ५ लाख ५८ हजार ५ सयले १०/१० कित्ता शेयर प्राप्त गर्न सक्ने छन् । बाँकि १५ लाख २७ हजार ७९९ जनाको हात खालि भएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ५ : ३७ बजे

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको