काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थप, लामो दूरीका यातायातमा पनि खुकुलो नीति (आदेशसहित) | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थप, लामो दूरीका यातायातमा पनि खुकुलो नीति (आदेशसहित)


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा झनै खुकुलो गर्दै १० दिन थप भएको छ ।

बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले केही क्षेत्रमा थप खुकुलो गर्दै उपत्यकाको जारी निषेधाज्ञा  १० दिन थप्ने निर्णय गरेको जानकारी दिए।

अब काठमाडौँ उपत्यका प्रवेशका लागि सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी आदेशमा उल्लेख  छ ।

यस्तो छ आदेश

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ४ : ३८ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन