डिभोर्सपछि लद्दाखमा नाचे आमिर र किरण | Khabarhub Khabarhub

डिभोर्सपछि लद्दाखमा नाचे आमिर र किरण


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बईं(एबीपी लाइभ)– बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को सुटिङमा व्यस्त छन् । पत्नी किरण रावसँगको १५ वर्षे वैवाहिक सम्बन्धलाई टुंग्याए पनि किरण र आमिर लद्दाखमा सँगै छन् । लद्दाखमा केही समयअघि मात्र फिल्मको अन्तिम चरणको सुटिङ पुरा गरिएको छ ।

यही क्रममा आमिर पूर्व पत्नी किरणसँग नाचिरहेको भिडियो र तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । फिल्मको सुटिङ लद्दाखको वाखा गाउँमा भएको थियो ।

गाउँका मानिसहरुले खुल्ला हृदयले आमिर र उनको टिमलाई स्वागत गरेका थिए । भिडियो र तस्वीरमा आमिर र किरणले परम्परागत पहिरन लगाएको देख्न सकिन्छ । यो पहिरनसँग उनीहरुले स्थानीयसँग लोक नृत्य गरेका छन्।

वाखा गाउँका स्थानीय आमिर र उनको टिमका लागि पाटी दिएका थिए । गाउँलेहरु ‘थ्री इडियट’स्टारलाई आफ्नो गाउँमा देख्दा खुशी छन् । केही दिन अघिमात्र आमिर र उनको टिमले सुटिङका गाउँमा सुटिङस्थलमा फोहोर र दुर्गन्ध फैलाएको आरोप लगाएका थिए ।

फिल्म ‘लाल सिंह चड्डा’मा आमिरसँग करीना कपूर खान प्रमुख भूमिकामा छन् । फिल्मको आधा भन्दा बढी सुटिङ भारतका विभिन्न स्थानमा भइसकेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १२ : ३० बजे

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन