२ सय ९ किलो गाँजासहित तीन जना पक्राउ | Khabarhub Khabarhub

२ सय ९ किलो गाँजासहित तीन जना पक्राउ


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- हेटौंडाको दुई स्थानबाट प्रहरीले २ सय ९ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ रातमाटे र हेटौंडा–१९ नेवारपानीबाट बुधबार २ वटा ट्रकबाट २ सय ९ किलो गाँजासहित तीन जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी जयश्वर रिमालका अनुसार बुधबार हेटौँडाबाट बारातर्फ जाँदै गरेको बि.आर ०१ जी.जी ९४९५ नम्बरको भारतीय ट्रकलाई विषेश सूचनाको आधारमा चकजाँच गर्दा १६९ किलो लागूऔषध गाँजा बरामद भएको हो ।

डीएसपी रिमालका अनुसार उक्त ट्रकका चालक भारत मोतिहारी बस्ने बर्ष ३० को रविन्द्र राय र सोही स्थान बस्ने ट्रकका सह–चालक बर्ष ३१ को मुक्तार सैफिकलाई पक्राउ गरिएको हो ।

यस्तै बुधबार बिहान करिब ७ बजेको समयमा हेटौंडा–१९ नेवार पानीबाट ना ६ ख ३७४१ नं. को कन्टेनरमा लुकाई छिपाइ ल्याएको ४० किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सो सडक खण्डमा मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ६ ख ३७४१ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्दा सो परिमाणमा लागुऔषध गाँजा फेला परेको डीएसपी रिमालले बताए ।  उक्त कन्टेनरका सह–चालक नुवाकोटका १९ वर्षीय दीपक गुरुङलाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ८ : ४० बजे

सन्दीपको आक्रोस- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार