गोकुल बाँस्कोटाको कटाक्ष : प्रचण्ड र देउवाले कोटेश्वरको डिलमा युरिया हालेछन्, कस्तो सप्रेला हेर्नुछ ! | Khabarhub Khabarhub

गोकुल बाँस्कोटाको कटाक्ष : प्रचण्ड र देउवाले कोटेश्वरको डिलमा युरिया हालेछन्, कस्तो सप्रेला हेर्नुछ !


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले विपक्षी गठबन्धनका नेताहरुबीच भएको छलफललाई लक्षित गर्दै कडा कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत उक्त कटाक्ष गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन् । तर पोटास र फस्फोरस थियो कि थिएन ? अब कस्तो सप्रेला वा थप पहेलिएला हेर्नु छ ?’

पछिल्लो राजनीतिक अवस्था र आगामी कदमका विषयमा छलफलका लागि भन्दै विपक्षी गठबन्धनका नेताहरु कांग्रेस सभापति शेरबहदुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच हिजो नेपाल निवास कोटेश्वरमा छलफल भएको थियो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १० : १२ बजे

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी