भर्चुअल प्रविधिमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ | Khabarhub Khabarhub

भर्चुअल प्रविधिमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अमेरिकाको मेरिल्याण्ड राज्यमा भौतिक रुपमा आयोजना हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२१’ यसपटक भर्चुअल विधिबाट हुने भएको छ । महोत्सव यही जून १७ देखि २० सम्म हुँदैछ ।

महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १४ देशका ३० वटा फिल्महरु प्रदर्शन हुने कुरा आयोजकले जनाएका छन् ।

महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत निशुल्क हेर्न सकिनेछ । प्रदर्शन भएका फिल्मबारे दर्शक र फिल्म निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिने छ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट फिल्मलाई पुरस्कृत पनि गरिनेछ ।

महोत्सव २०२१ का लागि ६ जना महिलाहरुको निर्णायक मण्डलले उत्कृष्ट फिल्महरुको पुरस्कार घोषणा गर्नेछ । नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरीको रुपमा रहेका छन् । महोत्सवमा आवेदन परेका फिल्महरुलाई फिल्म सोसाइटीको फिल्म छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो ।

कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो । २०२१ को संस्करण भने भर्चुअल रुपमा हुँदैछ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ६ : ४५ बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका