ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाउँदा ब्यापारी समस्यामा | Khabarhub Khabarhub

ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाउँदा ब्यापारी समस्यामा


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक अभियन्ताका रुपमा नाम कमाएका ज्ञानेन्द्र शाहीले बाउन्स चेक भिडाएर ब्यापारीलाई बिचल्ली पारेको आरोप लागेको छ ।

जनआस्था अनलाइनमा प्रकाशित समाचार अनुसार शाहीले दुई थरी रुप देखाएको उल्लेख गरिएको छ ।

समाज सेवा र राहत वितरणका नाममा निषेधाज्ञावीच मादक पदार्थ खाएर गाउँलेसँग झगडा पर्दा सुर्खेतका स्थानीयले आक्रमण गरेपछि उनले पुरानो ऋण नतिरेको विषय पनि बाहिर आएको छ ।

प्रकाशित समाचार अनुसार

केही वर्षअघि काठमाडौँमा व्यापार गर्दाको पैसा शाहीले तिरेको देखिएन । जुम्लाका ज्ञानबहादुर शाही अरुको पैसा नतिरेर सामाजिक अभियन्ता बनी एकाएक ज्ञानेन्द्र शाहीको रूपमा प्रकट भएका हुन् । २०७४ सालताका उनले अरु तीन जनासँग मिलेर काठमाडौँमा विद्युतीय सामान बेच्ने अनलाइन व्यापार शुरु गरेका थिए ।

काँडाघारीमा कार्यालय खोलिएको शाहीको कम्पनीको नाम केटिएमबज डट कम थियो । केही समयपछि उनीहरुले विद्युतीय सामानसँगै खाद्यान्नसमेत अनलाइनबाट बिक्री गर्न थाले । त्यहि समय पार्टनरबीच खिचलो शुरु भयो र छुट्टी भिन्नसमेत भयो ।

तर शाहीले भने अब व्यापार आफैँ गर्ने भन्दै सवारी साधनको पछाडि भागमा चामल, विद्युतीय सामान, थर्मस र कपडा राखेर चोक चोकमा बिक्री गर्न थाले । त्यहि क्रममा कालिमाटीमा जय पशुपतिनाथ सप्लायर्सबाट २०७५ सालमा ८ सय ४० बोरा चामल उठाए । जसको मूल्य झण्डै नौ लाख रुपैयाँ भएको सप्लायर्सका प्रोप्राइटर अरविन्द अग्रहरीले बताएका छन् ।

त्यसबेलाको नौ लाख रुपैयाँको न साँवा, न ब्याज नदिई व्यापारीलाई हालसम्म चिल्लीबिल्ली पारेका शाही दुखीलाई न्याय दिलाउने अहिलेका सामाजिक अभियन्ता हुन् । अग्रहरीलगायतका व्यापारीले पटक पटक आफ्नो रकम भुक्तानी गर्न आग्रह गरेपछि शाहीले लामो समयसम्म उनीहरुको फोनै ब्लक गरेका थिए ।

कुनै कुनै बेला फोन उठाएर पुरानो रकम तिर्छु भनेपनि शाहीले तीन वर्षसम्म झुक्याएको उनीहरु बताउँछन् । अहिले पनि भाखा मात्र सार्ने शाहीले पैसा तिर्न आनाकानी गरेपछि व्यापारीहरुले प्रहरी प्रशासन गुहार्न लागेका छन् ।

अग्रहरीलाई उनले एउटा सहकारी र अर्को बैंकको गरी दुई वटा चेक भिडाएका छन् । तर,पैसा नभएको खाताको उक्त चेकको कुनै अर्थ नभएको उनले बताए । शाहीले काँडाघारीको पुष्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ लाख ४१ हजार र एभरेष्ट बैंकको १ लाख २८ हजार ५ सय रुपैयाँको मिति उल्लेख नगरिएको चेक काटेका हुन् ।

तर,त्यसको कुनै उपादेयता नभएपछि व्यापारीले उनलाई पटक पटक फोन गरेका थिए । शाहीले फोनमा पैसा दिन्छु भन्ने तर नदिने प्रवृत्ति देखाएपछि आफू कानुनी उपचारमा जानुको विकल्प नरहेको अग्रहरी बताउँछन् । यसअघि शाहीको कुपण्डोलस्थित कार्यालयमा समेत सम्पर्क राख्दा फोन नउठाएको तर पिएमार्फत् रेडिमेड जवाफ दिएर शाही धेरै पटक उम्केको उनी बताउँछन् ।

तस्वीर : जनआस्था

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ११ : ५४ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले