'नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ | Khabarhub Khabarhub

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको ‘नक्कली डीएसपी’ बनेर ठगी गरेको आरोपमा प्रहरीले एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना (डा. एसके ढुंगाना) छन् ।

उनलाई तारकेश्वरस्थित उनैले सञ्चालन गरेको भिक्टोरीया फार्मेसीबाट प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमखु एसएसपी चन्द्र कवेर खापुङका अनुसार उनले सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो राखेका छन् ।

ढुंगानाले आफू ‘प्राविधिक प्रहरी कर्मचारी डाक्टर हुँ’ भनेर हिड्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले ढुंगानाविरुद्ध ठगी उद्योग र आफूले नपाएको ओहोदा पाएको भन्न नमिल्ने कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १० : १० बजे

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा