समयमै उद्योगहरु स्थापना नगरिए सेज व्यर्थ हुनेछ : संसदीय समिति | Khabarhub Khabarhub

समयमै उद्योगहरु स्थापना नगरिए सेज व्यर्थ हुनेछ : संसदीय समिति


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- संसदीय समितिले विशेष आर्थिक क्षेत्र (सेज) मा समयमै उद्योगहरु स्थापना नगरिए व्यर्थ हुने सुझाएको छ ।

चीन-पाकिस्तान आर्थिक कोरीडोर (सीपीईसी) को संसदीय समितिले एक प्रतिवेदन सार्वजनिक गर्दै समयमै उद्योग स्थापना नगरिए विशेष आर्थिक क्षेत्र (सेज) को स्थापना व्यर्थ हुने बताएको हो ।

एमएनए शेर अफताब अलीको अध्यक्षतामा सीपीईसीको संसदीय समितिको ३७औँ बैठकमा सेजमा प्लान्ट बिक्री र रद्द गर्ने विषयलाई छिटो नै सुल्झाउनु पर्ने बताइएको छ । उक्त कामहरु चाँडो गरिए सेजमा उद्योग स्थापना गर्ने प्रक्रियालाई अघि बढाउन सहज हुने सुझाइएको छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा एमएनए नूर आलम खान, सदाकत अली खान अब्बासी, मीर खान मुहम्मद जमाली, नफीसा इनायतुल्ला खान खट्टक, घूसबक्स खान महार, सरदार अयाज सादिक, मुर्तजा जावेद अब्बासी, मेहनाज अकबर अजीज, मुहम्मद असलम भूटानी लगायत अन्य उपस्थित थिए ।

समितिले ब्यापार गर्न सहज हुने दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिएको छ । पाकिस्तानमा व्यापक स्थानीय र विदेशी लगानी आकर्षित गर्न सकिए मुलुकको उन्नतीका ढोकाहरु खुल्ने पनि अपेक्षा गरिएको छ ।

उक्त समितिलाई योजना मन्त्रालयका अतिरिक्त सचिव, रक्षा मन्त्रालयका सचिव, लगानी बोर्ड, पेट्रोलियम डिभिजन, रेल मन्त्रालय र अन्यले सीपीईसी फ्रेमवर्क, मुख्यलाइन एमएल १० अन्तर्गतका परियोजनाहरूको सुरक्षाका उपायहरूको बारे पनि जानकारी गराएका थिए । कम्पोनेन्टमा विशेष फोकस र अद्यावधिक प्रगतिको साथ परियोजना सञ्चालन गर्न सकिने बताइएको छ ।

समितिले सम्बन्धित क्षेत्रका उद्योगलाई प्रोत्साहित गर्नुपर्ने, पाकिस्तानमा स्थापना भएका सेजहरूले यस क्षेत्रका अन्य देशहरूसँग प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ ।

यसबाहेक, कृषि र औद्योगिक क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुको अलावा पर्यटनको उपयुक्त सम्भावनाको खोजी गर्नुपर्ने प्रतिवेदनमा सुझाइएको छ ।

सीपीईसी फ्रेमवर्क अन्तर्गत देशमा एकीकृत पर्यटन क्षेत्र स्थापना गरेर धेरै राजस्व र रोजगारीका अवसरहरू उत्पन्न गर्न सकिनेमा जोड दिइएको छ ।

स्रोत : ट्रिव्युन 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ५५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको