काठमाडौँमा आजदेखि मेलम्चीको पानी आउन बन्द | Khabarhub Khabarhub

काठमाडौँमा आजदेखि मेलम्चीको पानी आउन बन्द

यस्तो छ पानी आउने नयाँ कार्यतालिका (सूचीसहित)


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाका धारामा अबको दुई महिनासम्म २ देखि १२ दिन बिराएर पानी आउने भएको छ।

प्राविधिक परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्नुपर्ने भएकाले आजदेखि करिब दुई महिना मेलम्चीको पानी नआउने भएको छ । मेलम्चीको पानी नआउने भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिकाअनुसार काठमाडौँका धारामा २ देखि १२ दिन बिराएर पानी आउने छ ।

अहिले काठमाडौँ उपत्यकामा दैनिक उपलब्ध भइरहेको १७ करोड लिडर पानी मेलम्ची बन्द भएपछि उपलब्ध नहुने भएकाले केयुकेएलले तालिका परिवर्तन गरेको हो ।

यो समयमा खानेपानीको अभाव हुन नदिन केयुकेएलले उपत्यका भित्र भएका पानीको स्रोतहरुबाट उपलब्ध हुने खानेपानी ठाउँ हेरेर २ देखि १२ दिन बिराएर वितरण गरिने जनाएको छ ।

काठमाडौँको महाँकालचौर, मिनभवन, अनामनगर, भक्तपुरको ठिमी, बोडे क्षेत्रमा ७ दिन बिराएर पानी आउने केयूकेएलले जनाएको छ ।

त्यस्तै बाँसबारी र पानीपोखरी क्षेत्रमा ५ दिन बिराएर, बालाजु क्षेत्रमा ९ दिन, कीर्तिपुर क्षेत्रमा २ दिन, सैँबु र ललितपुर क्षेत्रमा १२ दिन, भक्तपुर क्षेत्रमा ४ दिन बिराएर पानी आउने केयुकेएलले जनाएको छ ।

यस्तो छ नयाँ तालिका 

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ८ : ५५ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण