रातो मच्छिन्द्रनाथको रथ सोह्रखुट्टे पाटी परिसरमा पुर्‍याइयो | Khabarhub Khabarhub

रातो मच्छिन्द्रनाथको रथ सोह्रखुट्टे पाटी परिसरमा पुर्‍याइयो


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ तानेर ललितपुर महानगरपालिका कार्यालय अगाडि सोह्रखुट्टे पाटी परिसरमा पुर्‍याइएको छ । सेतो, रातो र पहेँलो पोशाकमा सजिएका मानिसले तानेर रथलाड्ढ सोह्रखुट्टे पाटी परिसरमा पुर्‍याएका हुन् ।

हरेक वर्ष रथारोहणको चार दिनमा रथ तान्ने चलनानुसार आज अपराह्न चार बजेर ४५ मिनेटमा सो काम सम्पन्न भएको हो ।

ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले विश्वभरि फैलिदै गइरहेको नयाँ परिवर्तितरुपको कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी व्यवस्थित तरिकाले रथ तान्ने योजनानुसार काम गर्न सफल भएकामा खुसी व्यक्त गरे । उनले भने, “पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट हामीले सुस्तरीसुस्तरी रथ तानेर परम्परा धान्यौँ ।” सो स्थानमा उपस्थित भक्तजनले जयजयकारका नारासहित नाच अनि तालीमा रमेर उत्साहपूर्व तवरले शदियौँ वर्षअघिदेखि मान्दै आएको चलन जोगाउन सहयोग गरेको उनको भनाइ थियो ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले यस वर्षको रथ तान्ने काम आज सकिएको बताए । उनले भने, “लगभग डेढ सय मिटर परसम्म रथ तानेर राखियो । आउँदो बुधबार बिहान जुरेको साइतअनुसार लोकेश्वरको मूर्ति झिकी खटमा हालेर बुङ्मती लगिने र रथ फुकाल्ने काम अघि बढ्नेछ ।”

खड्गी अनि धिमेलगायत बाजा बजाएर सोको धुनमा करुणामयको रथ श्रद्धा र भक्तिका साथ तानिएको पाटन सुन्धारा निवासी सूर्यमान डंगोलले बताए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १० : ०१ बजे

एकीकृत समाजवादी महाधिवेशनको तयारी तीव्र 

काठमाडौं– नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई