पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका ३० जिल्ला | Khabarhub Khabarhub

पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका ३० जिल्ला


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ८ सय ४८ परीक्षणमा सो परिणाममा कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ९ सय ७१ जनाको पीसीआर र ५ सय ५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालका ३० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका ३० जिल्ला :

प्रदेश १ मा मोरङ, झापा, सुनसरी, प्रदेश २ मा धनुषा, पर्सा, महोत्तरी रहेका छन् । यस्तै, वाग्मति प्रदेशमा काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र सिन्धुली रहेका छन् ।

गण्डकी प्रदेशमा कास्की, नवलपरासी पूर्व, गोरखा र तनहुँ छन् भने लुम्बिनी प्रदेशमा दाङ, बाँके, रुपन्देही, कपिलवस्तु, पाल्पा र बर्दिया छन् ।

यसैगरी, कर्णालीमा सुर्खेत मात्रै एक जिल्ला रहेको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली, बैतडी र कञ्चनपुर छन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ८ : ५५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल