पलको आक्रोशः ‘वाह ! सरकार, तिम्रो नियत’ | Khabarhub Khabarhub

पलको आक्रोशः ‘वाह ! सरकार, तिम्रो नियत’


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय अभिनेता पल शाह कोभिड महामारीको समयमा आफ्नो समूहमार्फत अक्सिजन सिलिण्डर खोजी गर्दै अस्पतालमा सहयोग अभियानमा जुटिरहेका छन् ।

पर्यटन मन्त्री भानुभक्त ढकालले कोरोनाका कारण निधन भएका मानिसको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेपछि पलले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको र सरकारले ४ सय रुपैयाँको अक्सिजनको व्यवस्था गर्न नसकेको भन्दै रिस पोखेका हुन् ।

उनले फेसबुकमा ‘सरकारले ४ सय रुपैयाको अक्सिजन दिन छोडेर जनता तिमी मर, म तिम्रो लाश जलाउनको लागि १ हजार रुपैयाँ थप भत्ता दिनेछु… !! वाह सरकार तिम्रो नियत !!’ भनी लेखेका छन् ।

पल र उनको टिमले बाराको जितपुर पुगेर अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ । उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका आफन्तप्रति धैर्यधारणको कामना गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ५ : ४५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड