दिल्लीमा १५ दिनमै बन्यो एक हजार आईसीयू बेडको कोरोना अस्पताल | Khabarhub Khabarhub

दिल्लीमा १५ दिनमै बन्यो एक हजार आईसीयू बेडको कोरोना अस्पताल


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटरमार्फत उक्त कुराको जानकारी दिएका हुन् । आईसीयू बेडको अभाव कम गर्न रामलीला मैदानमै अस्थायी अस्पताल निर्माण गरिएको हो ।

चार दिन अघि पाँच सय आईसीयू बेड तयार गरिएको थियो । जसमा उनका अनुसार २५० बेड शनिबारदेखि सञ्चालन भएको छ भने दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

दिल्लीमा पछिल्ला केहि दिन यता कोरोना संक्रमण दर घट्दै गएको छ । मुख्यमन्त्री केजरीवालका अनुसार पछिल्लो २४ घण्टामा साढे ६ हजारमा मात्रै संक्रमण पुष्टी भएको छ । अघिल्लो दिन साढे ८ हजार संक्रमित थपिएका थिए । ११ प्रतिशतले संक्रमण दर घटेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ५ : २० बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने