नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीको अपील | Khabarhub Khabarhub

नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीको अपील


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले कोभिड–१९ संक्रमणबाट नराम्ररी प्रभावित हुँदै गएको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेकी छन् ।

उनले ट्वीटरमार्फत कोभिड-१९ सँग जुधिरहेको नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेकी हुन् ।

न्युजिल्यान्डकी ३७ औँ प्रधानमन्त्री क्लार्कले ट्वीट गर्दै नेपालमा दैनिक संक्रमण दर ९ हजार पुगेको र ४० प्रतिशत पोजेटिभ देखिएकोले नेपाललाई अत्यन्तै धेरै सहयोगको आवश्यकता रहेको उल्लेख गरेकी छन् ।

‘नेपाल कमजोर क्षमताको स्वास्थ प्रणाली भएको अतिकम विकसित देश हो’, क्लार्कले लेखेकी छिन, ‘नेपाललाई खोप आपूर्तिसहितको अत्यन्तै धेरै सहयोगको आवश्यकता छ ।’

सन् १९९९ देखि २००८ सम्म लिबरल पार्टीको तर्फबाट न्युजिल्यान्डको प्रधानमन्त्री भएकी क्लार्क संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को उच्च पदमा समेत पुगेकी थिइन् । उनी सन २००९ देखि २०१७ सम्म यूएनडीपीको प्रशासक भएकी थिइन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ५ : ०७ बजे

प्रदेश राज्यमन्त्री चौधरीद्वारा बर्थिङ सेन्टर शिलान्यास

रौतहट– मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री केशव राय

लुट्नकै लागि पर्वतमा दम्पतीको हत्या, एक महिनामा प्रहरीको मिसन ‘लालीगुराँस’ सफल

पर्वत- पर्वतको जलजला गाउँपालिका-२ मल्लाज दहस्थित वृद्ध दम्पतीको हत्या लुट्नैका

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब

गोरखकाली रबर उद्योग सञ्चालन गर्न माग

गण्डकी– नौ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालन

जापानकी विदेशमन्त्री योको आइतबार काठमाडौं आउने

काठमाडौं– जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा आउने