पार्टीको बैठक बसेको भनी सार्वजनिक भएको समाचारमा जसपा अध्यक्ष ठाकुरको आपत्ति | Khabarhub Khabarhub

पार्टीको बैठक बसेको भनी सार्वजनिक भएको समाचारमा जसपा अध्यक्ष ठाकुरको आपत्ति


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आज पार्टीको कार्यकारिणी समितिको बैठक नडाकिएको प्रस्ट पारेका छन् ।

ठाकुरले शनिबार विज्ञप्ति जारी गर्दै अर्का अध्यक्ष उपेन्द्र यादवले डाकेको बैठकप्रति अनविज्ञता प्रकट गरेका हुन् ।

‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जसपाको बैठक भनी प्रसारित भइरहेका समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उनले भनेका छन्, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ।’

पार्टी कार्यालय बालकुमारीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई पक्षधर सदस्यहरूको बैठक बसिरहेको छ ।

जसपाका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो पक्षले केपी शर्मा ओली नेतृत्वको निरन्तरता चाहेसँगै जसपा भित्र विवाद चर्किदै गएको छ । अर्का अध्यक्ष यादव र डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार गठनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रलाई साथ दिएका थिए । तर, वैकल्पिक सरकार गठनमा असफल भएसँगै जसपा भित्र विवाद चर्किएको हो ।

हेर्नुहोस् अध्यक्ष ठाकुरले निकालेको विज्ञप्ति

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ४ : ४० बजे

‘बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यक’

काठमाडौं– कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि

सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक

काठमाडौं- सभामुख देवराज घिमिरेको आह्वानमा अहिले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर

खजुरा– अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।