आईफोनको ब्याट्री तथा पर्फर्मेन्समा आएको समस्याको समाधान आउँदै | Khabarhub Khabarhub

आईफोनको ब्याट्री तथा पर्फर्मेन्समा आएको समस्याको समाधान आउँदै


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– के आईओएस १४.५.१ इन्स्टल गरेपछि तपाईंको आईफोन स्लो भएको वा ब्याट्रीमा समस्या आएको छ ? त्यसो भए अब त्यसको समाधान आउने भएको छ ।

एप्पलले यस प्रकारका समस्या समाधानका लागि आफ्ना केही उच्चस्तरका नयाँ तथा पुराना आईफोन मोडलहरुको सूची निकालेको छ ।

यसै महिनाको शुरुवातमा बेन्चमार्क डाटाले आईफोन ११ तथा १२ सरिजको काम गर्ने क्षमतामा गम्भीर समस्या आएको पत्ता लगाएको थियो । त्यसैले पुरानो भइसकेको आईफोन एक्सआर मोडलले गीकबेन्च तथा ३डीमार्क टेस्टमा यी नयाँ मोडलहरुलाई उछिन्नु स्वाभाविकै थियो ।

आईफोन ११ मा भने यो समस्या पर्फर्मेन्समा मात्र नभएर छिट्टै ब्याट्री सकिने समस्या पनि थप भएर आएको पाइएको छ ।

आईएप्पल बाइट्सले गरेको गीकबेन्च परीक्षणमा एउटा आईओएस १४.५ अपडेट गरिएको आईफोन ११ मा लगभग ६ घण्टा ब्याट्री टिकेको थियो। तर जब यसलाई आईओएस १४.५.१ मा अपडेट गरियो तब यो समय अझै छोटिएर साढे ५ घण्टामा झर्‍यो ।

आईफोन एक्सआरमा पनि यो समय १० मिनट घटेको पाइयो । आईफोन ७ तथा ८ र २०२० आईफोन एसईमा भने ब्याट्री लाइफ बढेको बाहेक अन्य कुनै परिवर्तन देखिएन ।

आईओएस १४.५.१ मा अन्य कुनै कुरा राम्रा नपाइए पनि अत्याधुनिक सुरक्षाका संयन्त्र भने उपलब्ध छन्। तर अब यी समस्या समाधानका रुपमा आईओएस १४.६ बिटा भर्सनमा आइसकेको छ जसलाई अपडेट गरेपछि ब्याट्री तथा पर्फर्मेन्समा अहिले देखिएको समस्या हट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ४ : ३३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर