चन्द्रागिरी नगरपालिकामा घरबाहिर हिँडडुल गर्न रोक | Khabarhub Khabarhub

चन्द्रागिरी नगरपालिकामा घरबाहिर हिँडडुल गर्न रोक


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चन्द्रागिरी नगरपालिका एकहप्ता सिल गरिएको छ। नगरपालिकाले जेठ १ गतेदेखि ७ गतेसम्म घर बाहिर हिडडुल गर्न पूर्णरुपमा रोक लगाएको हो।

औषधी पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सबै सरकारी तथा निजी कार्यालय,बैंक तथा वित्तीय संस्थाका सेवासमेत सम्पूर्ण रुपमा बन्द गरि नगर क्षेत्रलाई सिल गरेको छ।

नगरप्रमुख घनश्याम गिरीले अत्यन्त जरुरी सूचना जारी गर्दै सम्पुर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकार पसल समेत बन्द हुने जानकारी गराएका छन्।

खानेपानी ढुवानीका साधान,दुग्ध उत्पादन र दुध ढुवानीका साधानलाई स्वास्थ्य सुरक्षा मापदण्ड लगायतको पालना गरेर सञ्चालन गर्न दिने सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेका निषेधाज्ञाले कोराना नियन्त्रणमा नआएपछि थप कडाई गर्नु परेको नगरपालिको भनाइ छ।

नेपाल सरकारबाट जारी सूचना अनुसार भेरोसिल खोपको दोस्रो मात्रा लगाउने कार्यमा पहिलो पटक लगाएको खोप कार्ड भएको व्यक्ति मात्र खोप लगाउनका लागि तोकिएको केन्द्रसम्म आवत जावत गर्न सकिने पनि सूचनामा उल्लेख छ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  २ : ०० बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति