काश्मीरको सट्टा माधुरी चाहन्थे पाकिस्तानी सेना ! | Khabarhub Khabarhub

काश्मीरको सट्टा माधुरी चाहन्थे पाकिस्तानी सेना !


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडकी ‘धक–धक गर्ल’ माधुरी दीक्षित फ्यानका लागि आज विशेष दिन हो । किनकी माधुरी आज आफ्नो ५४ औं जन्मदिन मनाउदैछिन् ।

बलिउड लाइफका अनुसार भारतको छिमेकी मुलुक पाकिस्तानमा पनि माधुरीका फ्यान लाखौं छन् । पाकिस्तानका सेनासँग जोडिएको माधुरी किस्सा अहिले पनि बलिउडमा चर्चाको विषय बन्छ ।

एक समयमा पाकिस्तानी सेना बलिउडकी यी सुन्दरी अभिनेत्रीका लागि काश्मीर छोड्न तयार थियो । यो घटना भारत–पाकिस्तान युद्धको समयमा भएको हो ।

त्यो समयमा भारतीय बोर्डरमा पाकिस्तानी सेना लगातार आक्रमण गरिरहेका थिए । युद्ध सकिएपछि सीमानामा रहेका भारतीय सेनाका प्रमुखले माधुरीलाई पाकिस्तानी सेनाले दाबी गरेको खुलासा गरेका थिए ।

उनका अनुसार पाकिस्तानी सेनाले यदि भारतले पाकिस्तानलाई माधुरी दीक्षित हस्तान्तरण गर्छ भने उनीहरुले काश्मीर माग्न छोड्ने बताएका थिए । यो कुरा सुनेर भारतीय सेना निकै रिसाएका थिए ।

त्यसपछि भारतीय सेनाले माधुरीलाई माग्ने पाकिस्तानी सेनालाई त्यहाँबाट भगाएका थिए । पाकिस्तानमा अझैं पनि त्यहाँका फ्यानहरु माधुरीको पोस्टरलाई घरमा सजाएर राख्छन् ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १२ : ३५ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज