दैलेखमा बन्चरो प्रहार गरेर छोराले गरे बाबुको हत्या | Khabarhub Khabarhub

दैलेखमा बन्चरो प्रहार गरेर छोराले गरे बाबुको हत्या


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखमा बन्चरो प्रहार गरेर छोराले आफ्नै बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो १ बजेतिर  डुङगेश्वर गाउँपालिका ६ स्थित डुङगेश्वर बजारमा बस्ने वर्ष २१ को विकास बुढाले आफ्नै सहोदर बुवा ४७ वर्षको नकुल बुढालाई टाउकोको पछाडि र ढाडमा बन्चरो प्रहार  गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी ईन्द्रजीत सुनारका अनुसार बन्चरो प्रहारबाट गम्भीर घाइते भएका बुढाको स्थानीय मेडिकलमा उपचारको क्रममा उनको मृत्यु भएको हो । अहिले प्रहरीले विकासलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

घरयासी विवादका कारण घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १० : ०१ बजे

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको शृंखला

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६

वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिलो इनिङमा नेपालले फिल्डिङ गर्ने

काठमाडौं – वेस्ट इन्डिज ‘ए’विरुद्ध पाँचौं तथा अन्तिम खेलको पहिलो इनिङमा

युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने

एजेन्सी – गाजापट्टीमा सक्रिय प्यालेस्टाइनी हमास समूहले इजरायलसँग युद्धविरामसम्बन्धी वार्ता