‘स्टार अफ द मिलिनियम’को खोजी | Khabarhub Khabarhub

‘स्टार अफ द मिलिनियम’को खोजी


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘स्टार अफ द मिलिनियम २०२१’ हुने भएको छ । जसका लागि पहिलो चरणको अडिसनबाट २० प्रतियोगी छानिएका छन् ।

राजधानीमा आयोजित प्रारम्भिक चरणको अडिसनमा ७० बढी प्रतियोगीको सहभागिता रहेको थियो । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगितामा १८ देखि ३० वर्षसम्मका विवाहित तथा अविवाहित महिला सहभागी हुन पाउनेछन् ।

प्रतियोगीलाई र्याम्प वाक, व्यक्तित्व विकास, सञ्चारकला, फोटोसेसन, स्टेज प्रस्तुति, पब्लिक स्पिकिङ, हेल्थ टिप्स, महिला सशक्तिकरण प्रशिक्षणसहित अन्तिम स्पर्धामा उत्रिनेछन् ।

एजेन्सीका प्रबन्ध निर्देशक र अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजूले आगामी जेठ १ गते राष्ट्रिय नाँचघरमा फाइनल प्रतिष्पर्धा हुने बताए ।

प्रतियोगिताबाट शीर्षसहित आधा दर्जन विजेता छानिनेछन् । प्रतियोगिताको फेसन डिजाइनर श्रीषा बैदार फैजु हुन् र कोरियोग्राफी राज फैजुले नै गर्नेछन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  २ : ५० बजे

क्रिकेटर सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको

अस्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिग प्रहरीबाट मारिए

काठमाडौं– अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत