डढेलो नियन्त्रणमा नआउँदा वायु प्रदूषण कायमै | Khabarhub Khabarhub

डढेलो नियन्त्रणमा नआउँदा वायु प्रदूषण कायमै

प्रदूषित शहरको सूचीमा काठमाडौँ शीर्ष स्थानमै


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रणमा नआउँदा वायु प्रदूषण अझै कायमै छ ।

वातावरण विभागका अनुसार देशका ३७७ स्थानमा लागिरहेको डढेलोको धुँवाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायू प्रदूषण फैलिएको छ ।

वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीका अनुसार पहिलेभन्दा थोरै सुधार भए पनि अझै स्वस्थकर वायुमा श्वास लिने अवस्थामा छैन ।

आज वायु गुणस्तर सूचाकांक २०० भन्दा तल छ । तर, हावाको बेग अनुसार यो तलमाथि भइरहेकाले देशभर नै भारी वर्षा भएर डढेलो नियन्त्रणमा नआएसम्म प्रदूषण कायमै रहने जोशीले बताए ।

विभागअन्तर्गत रहेको वायु गुणस्तर अनुगमन प्रणालीले देखाएअनुसार विगत २४ घण्टामा धनगढीमा वायु गुणस्तरको सूचकाङ्क २५९ पुगेको छ । त्यस्तै काठमाडौँमा वायु गुणस्तरको सूचकाङ्क करिब दुई सय छ ।

दुई दिनअघिसम्म घाम लागेर आकाश खुलेजस्तो भए पनि फेरि धुलो, धुवाँको चापले तुवाँलोको रूप लिएर वायुमण्डलमा प्रदूषण जमेको छ । काठमाडौँमा दुई दिनअघि शिवपुरी जंगलमा उच्च डढेलो लागेको थियो ।

पश्चिमी वायुको प्रभावले ल्याएको बदलीले वायु प्रदूषणबाट थोरै भए पनि राहत भएको छ । नेपालमा स्थानीय र पश्चिमी न्यूनचापीय रेखाको प्रभावले विभिन्न भेगमा पानी पर्ने अवस्था सिर्जना गरेको छ ।

मौसमविद् मञ्जु बासीका अनुसार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा अन्य क्षेत्रका स्थानभन्दा बढी वर्षा हुने सम्भावना छ ।

विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौँ फेरि एक नम्बरमा पुगेको छ ।

सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ । यसआधारमा काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित शहरमा परेको छ ।

आइक्यू एअरको बिहान ९:४० बजेको अपडेट अनुसार काठमाडौँको वायुमण्डलमा एअर क्वालिटी इन्डेक्स एक्यूआई) १९७ पुगेको छ ।

हावामा प्रदूषणको मात्राले खतराको तह नाघेर २०० माथि नाघ्दा बस्न र हिडडुल गर्न स्वास्थ्यका लागि जोखिमपूर्ण हुने वातावरणविदले बताएका छन् ।

प्रदूषण बढेपछि काठमाडौँमा सास फेर्न समस्या बढ्दै गएको छ भने आँखा पोल्ने र शरीर पनि भारी हुने समस्या दैनिक बढेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ९ : ५१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर