म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा | Khabarhub Khabarhub

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्सन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई समग्रमा ४–२ ले पराजित गर्दै सिटी अन्तिम चारमा पुगेको हो ।

क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटी २–१ ले विजयी भयो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा उसले डर्टमुण्डलाई २–१ ले नै पराजित गरेको थियो ।

बुधबार रातिको खेलमा १५औँ मिनेटमा बेलिन्घमको गोलबाट डर्टमुण्डले अग्रता लियो ।

तर, ५५औँ मिनेटमा पाएको पेनाल्टीमा रियाद महरेजले सिटीका लागि बराबरी गोल गरे ।

७५औँ मिनेटमा जेम्स फोडिनले गोल गरेपछि सिटी २–१ ले विजयी भयो ।

अब सिटीले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ७ : ३५ बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव